Hamro SACOOS
01-5545229 सम्पर्क: 9851000039

२१ औँ वार्षिक साधारणसभा भब्य रुपमा सम्पन्न !!!

11/26/2019

कार्तिक ३० गते शनिवार, ललितपुर स्थित यस हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्थाले २१ औँ वार्षिक साधारणसभा भब्य रुपमा सम्पन्न गरेको छ । सभाको उद्घघाटन प्रमुख अतिथी राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि उप्रेतीले गर्नु भएको थियो । प्रमुख अतिथि उप्रेतीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले विश्वासिलो सहकारीलाई छानेर मात्र कारोवार गर्नु पर्ने वताए । उहाले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि सबैको विश्वास जित्नुपर्ने र सस्थाले थालेको सहकारी एकीकरण अभियान लाइ छिटो निष्कर्ष दिर्नु पर्न बताउनुभयो । साथै सस्थालाई आईपर्ने विभिन्न वित्तिय सहयोग गर्न सहकारी बैक तत्पर रहेकोजानकारी गराउनु भयो । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको सभापतित्वमा सम्पन्न सभामा कोषध्यक्ष हरिप्रसाद बजगाईले गत आबको प्रगति समिक्षा तथा चालु आवको संशोधित वजेट पेस गनु भएको थियो, कार्यक्रम प्रवन्ध सचिव इन्द्र घिरिेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन समितिका संयोजक राजुप्रसाद तिमल्निाले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०७५।७६को अन्त सम्ममा संस्थामाा नौ करोड चौध लाख १३ हजार रुपैंया शेयर पूँजी तथा ५९करोड बहत्तर लाख ३० हजार ८ सय २ रुपैंया बचत संकलन र ७३ करोड ८० लाख ७३ हजार ८ सय ३३ रुपैंया कर्जा लगानी गरेको जनाइएको छ । संस्थाका अध्यक्ष फुयालले सञ्चालक समितिको प्रगति प्रतिवेदन पेश गर्नु भयो भने सबै प्रतिवेदन माथी सदस्य समक्ष समिक्षा गरियो । साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कर्मचारीमा दिपेन्द्र घिमिरे, सफल व्यवसायी र उत्कृट कारोबारी सदस्यहरुलाई सम्मान गरियो । सम्मान प्राप्त गर्ने सदस्यहरुमा बाबुराम कोइराला , हेमकान्त पराजुली रामहरी न्यौपाने, नवराज घिमिरे सहन्सीला श्रेष्ठ, इन्दिरा कोइराला इश्वर घिमिरे रहेका छन । कृषि कर्जा र व्यावसायिक कर्जालाई प्राथमिकता दिएको सहकारीले शेयर सदस्य साथै स्थानियलाई सहज रुपमा रेमिट सेवा उपलब्ध गराउदै आएको छ । मोबाइल बैकिङ एस.एम.एस बैकिङ सेवामार्फत मोबाई, विजुलि, टेलिफोन, ब्यालेन्सको जानकारी हबाइजहाजको टिकट काट्ने ब्यवस्था साथै सदस्य हरुको माग बमोजिम अन्य थुप्रई सेबा हरु प्रदान गरिएको साधारण सभामा जानकारी दिइयो संस्थामा सदस्यहरुको तर्फबाट बल्लभ तिमल्सिनाले संरक्षित पूँजी फिर्ताकोष सहकारी ऐन र नियमावली बमोजिम वितरण गर्न प्रस्ताव पेश गर्नु भएकोमा सो प्रस्ताव पारित गरियो । नेफ्स्कुनका सञ्चालक उद्धब सापकोटाले संस्थालाई प्रोवेशन वा एक्सेस ब्राण्डमा जानको लागि तथा एकीकरणका लागि शुभकामना प्रदान गर्नु भयो । एक्काईसौ वार्षिक साधारण सभाले प्रोवेशन वा एक्सेस ब्राण्डमा सहभागी हुन सञ्चालक समितिलाई अख्तियारी दिएको र हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड संग एकिकरण गर्ने निर्णय गर्नुको साथै सेवक साकोसका समिति,उप समिति र कर्मचारीलाई स्वागत समेत गरिएको थिया ।

21AGM